logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाहीमा आज दिनभर बत्ती नआउने


  • उज्यालो अभियान

नवलपुर – मर्मत संभार तथा रुखका हांगाबिंगा पन्छाउन सर्लाही जिल्लाभरको बत्ती काटिएको छ ।

आज बिहान सबा ८ बजे पछिबाट काटिएको बत्ती, अब दिउँसो ४ बजेपछि मात्रै सूचारु हुने नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले उज्यालो अभियानसँग बताए । जिल्लाभर प्रवाह हुने ३३ केभी र ११ केभी प्रशारण लाईन झण्डै ८ घण्टा अवरुद्ध हुने लालबन्दी वितरण केन्द्रले सूचना निकालेर जानकारी गराएको छ ।

सर्लाहीमा अहिले बरहथवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा चन्द्रनिगाहपुरबाट तानिएको ३३ केभी लाईनबाट र अन्य क्षेत्रमा नवलपुरमा नवनिर्मित ग्रिड सवस्टेशनबाट बिजुली प्रवाह भइरहेको छ ।

प्राधिकरणले प्रायः बिदाको दिन शनिवार नै पारेर यसरी नियमित मर्मत संभारको काम गर्दै आइरहेको छ ।