logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ईश्वरपुरमा बाल विवाह रोकियो


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकामा हुन लागेको बाल विवाह बाल क्लबको सक्रियतामा रोकीएको छ ।

नगरपालिकाको झन्झर टोलमा हुन लागेको बाल विवाह ग्रामिण नारी उत्थान संघको समुन्नति परियोजना अन्र्तगत गठन भएको सूर्य बाल क्लबको पहलमा रोकिएको हो । स्थानीय १९ बर्षीय किशोरी र सोही ठाँउका वर्ष १९ कै किशोरबिच हुन लागेको विवाह रोकिएको हो ।

बाल विवाह भईरहेको भन्ने जानकारी क्लबमा आएपछि उनिहरुले स्थानीय प्रहरी प्रशासनको सहयोगमा विहे रद्द गरिएको बाल क्लबले जानकारी दिएको छ ।

प्रहरी पुग्नु अगावै दुवै किशोरकिशोरीलाई भगाईसकिएकोले परिवारका सदस्यलाई नियन्त्रणमा लिई विवाह बदर गर्नुपर्ने र उमेर नपुगी विवाह गरिएको खण्डमा कानून अनुसार कारवाही गरिने भनि कागज गराई छाडिएको ईलाका प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ ।