logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

‘साहित्य समाजका दर्पण है’ नामक पुस्तक लोकार्पण


  • उज्यालो अभियान

मलंगवा – प्रजातन्त्रका पुराना सेनानी हृदयनारायण चौधरीले लेखेका ‘साहित्य समाजका दर्पण है’ पुस्तकको शनिवार सर्लाही सदरमुकाम मलंगवामा लोकार्पण गरिएको छ ।

जिल्लाको चक्रघट्टा गाउँपालिका–५, पडरिया निवासी चौधरीद्वारा लिखित पुस्तकको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको अध्यक्षता तथा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष वीरेन्द्र साह, बार एशोसिएसन सर्लाहीका अध्यक्ष नरेश चौधरी, नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा, नेपाल मानव अधिकार संगठन सर्लाहीका अध्यक्ष रजनीकान्त झा लगायतको आतिथ्यता रहेको थियो ।

पुस्तक लोकार्पण कार्यक्रमका प्रमुख अतिथिसहित अन्य सहभागीहरुले भ्रष्टाचारमुक्त समाज र सुशासनका निम्ती नागरिक समाज, वकिल, पत्रकार, अधिकारकर्मी, लेखक र विभिन्न दलभित्र रहेका निडर र स्वच्छ छवी भएका व्यक्तिहरु मिलेर अभियान संचालन गर्नुपर्नेमा जोड दिएका नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिए ।