रायको शव पोखरीबाट निकाल्दै सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र खड्का ।
मलंगवा – सर्लाहीको विष्णु गाउँपालिकामा मलामी गएका एक व्यक्तिको पोखरीमा डुबेर ज्यान गएको छ ।
आईतबार साँझदेखि पोखरीमा डुबेर वेपत्ता विष्णु गाउँपालिका–६ का २४ वर्षीय धनन्जय कुमार रायको शव सोमबार बिहान सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र खड्काले निकालेका छन् । आईतबार साँझदेखि स्थानीयले निकै खोजतलास पश्चात पनि ती युवकको शव फेला नपरेपछि सोमबार बिहान सशस्त्र प्रहरी बल सिमरा फेनरा बोर्डर आउट पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक खड्का पोखरी भित्र छिरेका थिए । खड्का नेतृत्वको सशस्त्र प्रहरी टोलीले युवकको शव फेला पारेर पोखरीबाट निकालेको हो । खड्काले पाँच दिनअघि मात्र सिमरा फेनरा बीओपी प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
छिमेकीको मृत्युपछि मलामी गएका राय आइतवार साँझ स्थानीय कृष्ण कुमार मिश्रको पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । मृतक रायको शव पोष्टमाटमका लागि मलंगवा ल्याईएको छ ।
(नोट : केही थपघट गरिएको)