logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

मलंगवाबाट ७० केजी गाँजासहित दुई भारतीय पक्राउ


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवास्थित वडा नं. ९ गोरखकालीबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले भारतको सीतामढी थाना सोनवर्षा ग्राम पंचायत सोनवर्षा वडा नं. ३ बस्ने वर्ष २१ का धमेन्द्र कुमार मण्डल र सितामाढी थाना सोनवर्षा ग्राम पंचायत सोनवर्षा वडा नं.१ बस्ने १९ वर्षीय भोला कुमार साहलाई लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ७० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

सदरमुकाम मलंगवातर्फबाट टाउकोमा कालो पोका बोकेर गइरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।