प्रतिकात्मक तस्बीर ।
बागमती – सर्लाहीको बागमती नगरपालिका–१, मा शनिवार राती सर्पले डसेर एक जनाको ज्यान गएको छ ।
स्थानीय ३७ वर्षीया सरस्वती थापाको सर्पले डसेर ज्यान गएको हो । शनिवार राती साँढे १० बजेतिर भारी वर्षा भइरहेको समयमा सर्पले डसेपछि थापालाई उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
यसैबीच, शनिवार साँझको ठूलो वर्षापछि लालबन्दी नगरपालिकाको पत्थरकोटस्थित बाहुनी खोलामा आएको बाढीले एउटा कार बगाएको छ ।
पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गर्दा कैलाश साहको प्रदेश २ ०२ ००१ च ०४७२ नम्वरको कार बगाएको हो । कारभित्रका मानिसले भने भागेर ज्यान जोगाएका छन् ।