logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाही जिल्लाभर बिहानैदेखि बिजुली अवरुद्ध, मर्मतको काम चल्दै


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

लालबन्दी – सर्लाहीमा राती देखिनै परेको दर्के झरी झरीका कारण विद्युत् अवरुद्ध भएको छ ।

अचानक मौसम बद्ली भई यस क्षेत्रमा बिहानपख एकैछिन हावाहुरीसहित ठूलै वर्षा हुँदा जिल्लाभरको विद्युत् अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले चपुरबाट तानिएको ३३ केभी प्रशारण लाईनमा नै समस्या आएकाले विद्युत् अवरुद्ध भईरहेको जानकारी दिएको छ ।

सर्लाहीको ताईवानमा हावाहुरीका कारण हाँगा भाचिएर तार चुडिएको र प्राविधिकहरु खटिई मर्मतको काम भईरहेको पनि केन्द्रले जनाएको छ । पानी परिरहँदा प्राविधिकहरु फिल्डमा खटाउन समस्या परेकोले विद्युत् सुचारु गर्न ढिलाई भएको र मर्मतको काम सकिने बित्तिकै सुचारु हुने बताईएको छ ।

झरीपछि जिल्लाको हाटबजार र भित्री कच्ची सडक हिलाम्मे भएका छन् । यस्तै, यो झरीले पाकेर काट्ने बेला भएको र काटेर सुकाइएको धान बालीमा क्षति गरेको किसानहरुले बताएका छन् ।