logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

वनमा युवा नेतृत्व विकास तालिम


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा भएको दुई दिने सामुदायिक वनमा युवा नेतृत्व विकास तालिमको वुधवार समापन गरिएको छ ।

रिकफ्ठ नेपालको आयोजनामा हरिवन नगरपालिका–११, स्थीत सम्राट होटेलमा प्रदान गरिएको तालिममा जिल्लाका ११ वटा वनका ३० जना युवा महिलाहरुको सहभागिता रहेको थियो । मंगलवार र वुधवार गरी दुई दिन प्रशिक्षण प्रदान गरिएको तालिममा अहिलेको समयमा युवा पुस्ता प्राकृतिक श्रोत र खास गरी वनजंगलबाट टाढा हुदै गईरहेकाले वन जंगलको संरक्षणमा उनिहरुको भूमिका कस्तो हुनुपर्छ र उनिहरुको सहभागिता कसरी बढाउने भन्ने बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।

तालिमको समन्वय तथा प्रशिक्षण प्रदान गरेको हिमवन्ती नेपालकी रमा पौडेलले तालिमका सहभागिहरुलाई अहिलेका युवापुस्तालाई वन तथा प्राकृतिक श्रोतको संरक्षणमा आर्कषित गर्नका लागि युवाहरुमा प्राकृतिक श्रोत प्रति अपनत्व विकास गर्नुपर्ने, वनजंगलसँग सम्बन्धित अन्तर–संवादहरु वनमै आयोजना गरिनुपर्नेलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको बताईन् । सामाजिक सवालमा स्थानिय नेतृत्व विकास गर्न एक जना युवालाई वर्षको तिन÷चार पटकसम्म यसका बारेमा प्रशिक्षण प्रदान गर्ने गरिएको पनि उनले जानकारी दिईन् ।

यसअघि लालबन्दी नगरपालिकामा यस किसिमको तालिमको आयोजना गरिएको जानकारी गराउदैँ पौडेलले युवा पुस्तालाई वनजंगलप्रति आर्कषित गर्नका लागि वनमा आधारित उद्यमका बारेमा उनिहरुलाई जानकारी गराउनु नै मुख्य उपाय रहेको धारणा पनि व्यक्त गर्नुभएको थियो ।