logo
  • मङ्लबार, चैत्र ६, २०८० / Tuesday, Mar, 19 ,2024

पार्टी विभाजनपछि एमाले सर्लाहीको पहिलो बैठक मलंगवामा सम्पन्न


  • उज्यालो अभियान

मलंगवा – पार्टी विभाजनपछि सर्लाहीमा मंगलवार नेकपा एमाले जिल्ला कमिटीको पहिलो बैठक बसेको छ ।

सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा जिल्ला कमिटीका अध्यक्ष राजनारायण साहको अध्यक्षता तथा प्रदेश कमिटीकी अध्यक्ष ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।

बैठकले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गर्ने जनप्रतिनिधि लगायत अन्य नेताहरुलाई कारवाही गर्ने, जिल्लाका २० वटै पालिकामा अध्यक्ष र सचिव तोक्ने, केन्द्रीय विधान महाधिवेशनका लागि महिला, दलित सबैको समान सहभागिता हुने गरी प्रतिनिधि छनौट गर्ने लगायतका निर्णय गरेको बैठकमा सहभागी प्रदेश कमिटीका सदस्य सुशील थपलियाले जानकारी दिए ।

बैठकमा पार्टीका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य कमला देवी महतो, सहइन्चार्ज एवं केन्द्रीय कमिटी सदस्य बद्री न्यौपाने, संविधान सभाका सदस्य हरि उप्रेती लगायतको उपस्थिति रहेको थियो । जिल्ला कमिटी सचिव केदार खत्रीले संचालन गरेका बैठकमा केन्द्रीय र प्रदेश कमिटीसँगै जिल्ला कमिटीका नेताहरु सहभागी भएका पार्टीका नेता गोबिन्द महतले बताए ।

error: Content is protected !!