आगलागी भएको ट्रक ।
हरिवन – सर्लाहीको हरिवन नगरपालिका–८, चापिनीमा विश्वकर्मा पूजा गर्न बालिएको अगरबत्तीबाट टिपरमा आगलागी भएको छ ।
चापिनीस्थित प्रमोद भट्टराईले संचालन गरेको फर्निचरमा विश्वकर्मा पूजाको लागि बालिएको अगरबत्तीबाट नजिकै पार्किङ गरेर राखिएको भट्टराईकै प्रदेश ३–०१–००३ क ५८७५ नं. को टिपरमा आगलागी भएको हो । सुक्रवार राती पौने ९ बजेतिर भएको आगलागी स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आगलागीबाट टिपरको अगाडिको भाग र इन्जिनको भाग पूर्णरुपमा जल्दा अन्दाजी ६ लाख बढीको क्षति भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।