सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – विश्वकर्मा पूजाको मूर्ति आज (शनिवार) बिर्सजन गरिँदै छ ।
नजिकैको पोखरी, नहर, खोला तथा अन्य जलाशयमा लगेर सुक्रवार पूजा गरिएका मूर्तिहरु बिसर्जन गर्न लागिएको हो । मूर्ति बिर्सजनका क्रममा अघिल्ला वर्षहरुमा भएका अप्रिय घटनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
विश्वकर्माको मूर्ति सिलोउने क्रममा गत वर्ष सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप नै भएको थियो । स्थिति सामान्य पार्न कफ्र्यू नै लगाउनु परेको थियो ।
यस वर्ष जिल्लामा त्यसरी कतैपनि अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था चुस्त पारिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । उनले विश्वकर्मा पूजाकै लागि प्रदेशबाट समेत थप मद्धतमा प्रहरी झिकाइएको समेत बताए ।