logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चाडपर्व नजिकिएसँगै सर्लाहीमा बजार अनुगमन सुरु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

मलंगवा – दशैं, तीहार जस्ता प्रमुख चाडबाड नजिकिएसँगै सर्लाहीमा बजार अनुगमन सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मलंगवाको अगुवाईमा बिहिवार पहिलो दिन हरिपुर र नवलपुर बजारका ४ वटा पसलको अनुगमन गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए । नवलपुर बजारमा भोजनालय, डेरी र डिपार्टमेन्टल स्टोर गरी ३ वटा र हरिपुर बजारमा एउटा दाना पसलको अनुगमन गरिएको हो ।

त्यसक्रममा चारवटै पसल व्यवसायमा मूल्य सूची नराखेको, सरसफाईमा ध्यान नदिएको जस्ता कमजोरी पाइएको र आगामी दिनमा ती कमजोरी सुधार गर्न निर्देशन दिइएको सहायक सीडीओ पोखरेलले बताए । हरेक वर्ष यसरी चाडपर्वको बेला औपचारिकता निभाउन बजार अनुगमन गरिँदै आएको छ ।

बजार अनुगमन झारो टराई हुने गरेको भन्दै नागरिक स्तरबाट बारम्बार गुनासो आउने गरेको छ । कतिपय स्थानमा त बजार अनुगमन हुन लागेको सुन्नासाथ व्यापारीहरुले पसल नै बन्द गरेर भाग्ने गरेका छन् ।