मलंगवा – विबाह गर्ने भन्दै एक किशोरीलाई अपहरण तथा शरिर बन्धक एवं बलात्कार आरोपमा पक्राउ परेका एक युवकलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत सर्लाहीले पाँच दिनको म्याद दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाले विहिबार पेश गरेको फाईल अनुसार जिल्ला अदालत सर्लाहीले विष्णु गाउँपालिका–७ दुलवाका १९ बर्षीय शिवा भनिने शिवकुमार यादवलाई पाँच दिन थूनामै राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले अदालतबाट म्याद लिएसँगै घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान सूरु गरिएको जानकारी दिए ।
यो पनि पढ्नोस्
दलित समुदायकी किशोरीलाई अपहरण तथा शरिर बन्धक एवं बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
उद्धार गरिएकी किशोरीद्वारा बलात्कारको जाहेरी, अभियुक्त पक्षबाट प्रलोभन र धम्की
स्थानीय दलित समुदायकी १७ वर्षीया किशोरीले दिएको जाहेरी अनुसार अपहरण तथा शरिर बन्धक र जबर्जस्ती करणीको आरोपमा शिवालाई बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवाको टोलीले पक्राउ गरेको थियो । ती किशोरीको भने गत शनिबार शिवाको गोठबाट जिल्ला प्रहरी कार्यालयको टोली, महिला शान्ति केन्द्र (सेफ हाउस) प्रमुख बनिता कार्की, दलित अगूवाहरु राजेश पासवान, पचुँ माझी मुसहर, राजन बैठा लगायतको टोलीले शिवाको गोठबाट उद्धार गरेर मलंगवा ल्याएको थियो ।