लालबन्दी, १६ कात्तिक – बिहानैदेखि सर्लाहीमा बाक्लो मात्रामा हुस्सु कुहिरो लागेको छ ।
स्थानीय वासिन्दाले चिसो महसुस गरिरहेका छन् । दुई दिनदेखिको झरी रोकिएपश्चात यस क्षेत्रमा हुस्सु, कुहिरो लागेर चिसो बढेको हो ।
हिजो भने पूर्णरुपमा मौसम उघ्रिएर घाम लागेको थियो ।