logo
  • शनिबार, अशोज ३, २०८३ / Saturday, Sep, 19 ,2026

कांग्रेस नेता कार्कीद्वारा खेलकुद सामग्री वितरण


  • उज्यालो अभियान

घारिबथान, ०१ असोज – सर्लाहीको ईश्वरपुर नगरपालिका १२ कालिन्जोर घारिबथान निवासी नेपाली कांग्रेसका नेता एवं निर्माण व्यवसायी कैलाशकुमार कार्कीले आज वडाभित्रका विभिन्न क्लबहरुलाई खेलकुद सामग्री वितरण गरेका छन् ।

पूर्व जनप्रतिनिधिसमेत रहेका कार्कीले बिहान आफ्‌नै निवासमा तीनवटा क्लबहरुलाई फुटबल, जर्सीलगायतका खेलकुद सामग्री प्रदान गरेका हुन् । गाउँमा फुटबलप्रति चाहना राख्ने खेलाडीलाई थोरै भए पनि टेवा पुगोस् र फुटबल खेलको विकास होस् भन्ने उद्देश्यले विश्वकर्मा पूजाकै दिन पारेर खेलकुद सामग्री वितरण गरेको कार्कीले बताएका छन् ।

फुटबल सामग्री वितरण कार्यक्रममा नेपाली कांग्रेस सर्लाही १ का सभापति हरिबहादुर लुंगेली, पूर्व क्षेत्रीय सभापति प्रमोदकुमार बराल, एमाले नेता भोजबहादुर खत्री, शिक्षक भीम खड्का, लालबन्दी १७ का पूर्व वडाध्यक्ष नवराज अधिकारी, चन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो ।