हरिवन, २४ भदौ – मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले पदबाट राजिनामा दिएका छन् ।
जायज मागको उचित सम्बोधन गर्नुको सट्टा वर्तमान संघीय सरकारले निहत्था बालबालिकाको अन्धाधुन्ध हत्या एवं बर्बर दमनको शैली अपनाएको हुँदा संघीय गठबन्धन अन्तर्गत गठन भएको मधेश प्रदेश सरकारको मन्त्री पदबाट राजिनामा दिएको रायले जानकारी दिए । ‘जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरा लागि जीवनकै ठूलो गौरव थियो । तर नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ । नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मन्त्री पदबाट राजीनामा गर्दछु ।’ मंगलबार दिउँसो उज्यालो अभियानसँग कुरा गर्दै उनले भने ।
सर्लाहीको गम्हरिया निवासी राय नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति समेत हुन् ।
योपनि पढ्नोस्
आन्दोलनकारीद्वारा हरिवन नगरपालिका कार्यालयमा समेत तोडफोड र आगजनी
सर्लाही सदरमुकाम मलंगवामा पनि कर्फ्यू आदेश
सर्लाहीकाे लालबन्दीमा दिउँसाे १ बजेदेखि कर्फ्यू आदेश
जेन-जी प्रदर्शन : मलंगवामा दर्जनाैं सेल अश्रुग्याँस प्रहार
सर्लाहीमा मंगलबार जेन-जी आन्दाेलनका झलक (तस्बिरहरु)
जेन-जी आन्दोलनका कारण महेन्द्र राजमार्ग एवं बजार ठप्प
प्रदर्शनकारीद्वारा मलंगवास्थित कांग्रेस र एमालेको पार्टी कार्यालयमा तोडफोड तथा आगजनी