लालबन्दी नगरपालिका कार्यालय परिसरमा रहेकाे स्काभेटरमा मंगलबार बिहान प्रदर्शनकारीले लगाएकाे आगाे । (तस्बिर : प्रकाश मैनाली/उज्यालाे अभियान)

मलंगवा, २४ भदौ – जेन-जी आन्दाेलनकारीहरुले नगरपालिका कार्यालयमा आगजनीसहित भिड अनियन्त्रित बनेपछि जिल्ला प्रशासन कार्यालय मलंगवाले लालबन्दी नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेकाे छ ।
प्रदर्शनकारीहरुकाे भिडले मंगलबार बिहान लालबन्दी नगरपालिका कार्यालयमा आगजनी गरेकाे थियाे । भिडले नगरपालिका कार्यालयसहित कार्यालय परिसरमा रहेकाे स्काभेटर लगायतमा समेत आगाे लगाएर ध्वस्त पारेकाे स्थानीयले बताएका छन् । त्यस्तै नवलपुर चाेकस्थित पार्क लगायत स्थानमा समेत प्रदर्शनकारीहरुले ताेडफाेडसहित आगजनी गरेका छन् ।
भिड अनियन्त्रित भएका कारण लालबन्दी नगरपालिका क्षेत्रमा मंगलबार दिउँसाे १ बजेदेखि अर्काे सूचना नआउञ्जेल प्रमुख जिल्ला अधिकारीले कर्फ्यू आदेश जारी गरेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सराेज राईले जानकारी दिए । कर्फ्यू आदेश जारी भएपछि लालबन्दी बजार क्षेत्रमा र्याली, जुलुस एवं दुई वा दुई भन्दाबढी समूहमा हिँडडुलमा प्रतिबन्ध लगाइएकाे प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए ।
याेपनि पढ्नाेस्
जेन-जी प्रदर्शन : मलंगवामा दर्जनाैं सेल अश्रुग्याँस प्रहार
सर्लाहीमा मंगलबार जेन-जी आन्दाेलनका झलक (तस्बिरहरु)