logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

गुरुकुलको अक्षयकोषमा २ लाख सहयोग


  • उज्यालो अभियान

लालबन्दी, १५ भदौ – सर्लाहीको लालबन्दी नगरपालिका–९, निवासी बिनाकुमारी घिमिरेले राधाकृष्ण वैदिक गुरुकुल डुमडुमेको अक्षय कोषमा सहयोग गरेकी छन् ।

घिमिरेले स्वर्गिय बुवा कृष्णप्रसाद घिमिरे र आमा स्वर्गिय जमुनादेवीको सम्झनामा लालबन्दी ७ डुमडुमे मन्दिर परिसरमा रहेको गुरुकुलमा आज अक्षय कोषका लागि २ लाख २ हजार २१० रुपैयाँ प्रदान गरेकी हुन् । सो रकमको ब्याजबाट प्राप्त हुने पैसाले २ जना बटुकको पालनपोषण गर्न पुग्ने गुरुकुलले जनायो ।

गुरुकुलमा अहिले ५२ जना बटुकले कक्षा १० सम्म पढिरहेका अध्यक्ष माधवप्रसाद खरेलले जानकारी दिए । खरेलका अनुसार अहिलेसम्म ६÷७ जना व्यक्तिले सहयोग गरेको एक लाख रुपैयाँ भन्दा बढी अक्षयकोषमा राखिसकिएको छ ।