logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाही जिल्लाभर भोली बिहान ४ घण्टा बत्ती अवरुद्ध हुने


  • उज्यालो अभियान

लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, १३ भदौ – सर्लाही जिल्लाभर भोली बिहान ४ घण्टा बिजुली अवरुद्ध हुने भएको छ ।

नवलपुरस्थित ग्रिड सवस्टेशनमा क्यापिसिटर बैंक जडान तथा अन्य मर्मत सम्भारका लागि लाइन सटडाउन गर्न लागिएको हो । प्राधिकरणले आज सूचना जारी गरी भोली भदौ १४ गते शनिबार बिहान ५ ः ३० बजेदेखि ४ घण्टा अर्थात् साँढे ९ बजेसम्म बिजुली अवरुद्ध हुने जनाएको हो ।

सर्लाही जिल्लाभर नवलपुर ग्रिड सवस्टेशनबाट विद्युत प्रवाह हुने भएकाले लालबन्दी, बरहथवा र मलंगवा तीन वटै वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा बिहान ४ घण्टा लाइन नआउने लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवले उज्यालो अभियानसँग बताए ।