logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

डा. सरोज कांग्रेस सर्लाहीको कार्यवाहक सभापति


  • उज्यालो अभियान

मलंगवा, १३ भदौ – नेपाली कांग्रेस सर्लाहीको कार्यवाहक सभापतिको जिम्मेवारी डा. सरोजकुमार यादवले पाएका छन् ।

कंग्रेस सर्लाहीका उपसभापति रहनुभएका डा. सरोजलाई जिल्ला कार्य समितिको बैठकले कार्यवाहक जिल्ला सभापति तोक्ने निर्णय गरेको हो । जिल्ला कार्य समितिमा रहेका पदाधिकारी तथा सदस्यमध्ये कारवाहीमा परेका र मृत्यु भइसकेका बाहेक अन्य सतप्रतिसत पदाधिकारी र सदस्यको उपस्थितमा सम्पन्न बैठकले उपसभापति डा. सरोजलाई कार्यवाहकको जिम्मेवारी तोक्ने निर्णय गरेको कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले उज्यालो अभियानसँग बताए ।

यसबारे प्रदेश र केन्द्रीय कार्य समितिलाई समेत जानकारी गराइसकिएको जिल्ला सचिव कार्कीले बताए । कांग्रेस सर्लाहीमा संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षको स्पष्ट बहुमत छ ।

संस्थापन इतर अर्थात् शेखर कोइराला पक्षका नवीन अधिकारी एक्लै उपसभापति छन् । आफूले सभापतिको जिम्मेवारी पाउनुपर्ने अधिकारीको समेत माग छ । तर कांग्रेस संस्थापन पक्षले भने चुनावमा बेला आफ्नै उम्मेदवारलाई हराउन अन्तरर्घात गरेकाले उपसभापति अधिकारीमाथि कारवाही भएकाले उनले पार्टीको जिम्मेवारी प्राप्त गर्नै नसक्ने बताएको छ ।

भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले यसअघि नै दोषी ठहर गरेका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले भदौ ६ गते नैतिकताको आधारमा राजिनामा दिएपछि कांग्रेस सर्लाहीले कार्यवाहक सभापति तोक्नुपर्ने अवस्था आएको हो ।