हरिपुर, ०९ भदौ – सर्लाहीको हरिपुरमा सम्पन्न दोस्रो नगरस्तरीय बाल नृत्य प्रतियोगितामा अक्षर पाठशाला पहिलो भएको छ ।
हरिपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको प्रतियोगितामा अक्षर पाठशाला पहिलो बनेको हो । प्रतियोगितामा न्यू एभरेष्ट एकेडेमी दोस्रो र महावीर जनता माध्यमिक विद्यालय तेस्रो भएका छन् ।
प्रतियोगितामा नगरभित्रका १६ वटा विद्यालय सहभागी भएका थिए । बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित नृत्य प्रतियोगिता सम्पन्न गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नागेश्वर रायले जानकारी दिए ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका विद्यालयलाई नगरप्रमुख गोपाल पजियार, उपप्रमुख निलमदेवी राय यादवलगायत भएर ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरेका शिक्षा शाखा प्रमुख रायले बताए ।