logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

कांग्रेस वडा सभापति बुढाथोकीको बागमतीमा अन्त्येष्टि


  • उज्यालो अभियान

नवलपुर, १३ साउन – नेपाली कांग्रेस लालबन्दी नगरपालिका १ नवलपुरका वडा सभापति ध्रुव बुढाथोकीको आज बागमती नदीमा अन्त्येष्टि गरिएको छ ।

४१ वर्षीय बुढाथोकीको गएराति हृृदयघातबाट मृत्यु भएको थियो । परिवारिक स्रोतका अनुसार बुढाथोकीलाई गएराति १० बजेतिर हृृदयघात हुनासाथ उपचारका लागि लालबन्दीस्थित एक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बुढाथोकीको पार्थिव शरीरमा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, संविधान सभा सदस्य रामचन्द्र चौधरी, नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति लक्ष्मण राय र नगर सभापति प्रशान्त आचार्यले नवलपुरस्थित निवासमा पार्टीको झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गरेका छन् ।

बुढाथोकीका बुवा, श्रीमती र तीन छोरा रहेका छन् ।