लालबन्दी, १२ साउन – सर्लाहीका अधिकांश स्थानमा आज अपरान्हपख एक झर राम्रोसँग वर्षा भएको छ ।
विशेष गरी लालबन्दीसहित उत्तरी भेगमा पर्याप्त वर्षा भएको हो । तर सदरमुकाम मलंगवासहित दक्षिणी बेल्टमा भने सामान्य रुपमा छिट्याउनुबाहेक ठूलो पानी पर्न सकेन ।
पानी परेको क्षेत्रका किसानलाई भने राहत मिलेको छ ।