logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सतप्रतिसत बालबालिका विद्यालय भर्ना भएको घोषणा


  • उज्यालो अभियान

श्रीनगर, २९ असार – सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, लाई आज सतप्रतिसत बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरिएको छ ।

वडाध्यक्ष तिलबहादुर तामाङ (तिलक) ले सरकारले बनाएको मापदण्ड अनुसार वडाभित्र चार वर्षदेखि १२ वर्षसम्मका सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएपछि सतप्रतिसत बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरिएको हो । सर्लाहीमा यसअघि ईश्वरपुर नगरपालिकाकै वडा नं. ४ र सीमावर्ती बलरा नगरपालिकाको एउटा वडालाई यसरी नै सतप्रतिसत बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरिएको थियो ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता’ भन्ने मूल नारासहित ग्रामीण नारी उत्थान सङ्घ हरिपुर र सेभ द चिडे«नसँग समन्वय गरी ईश्वरपुर १३ लाई नगरपालिकाको दोस्रो सतप्रतिसत बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरिएको हो । प्रत्येक वर्ष नयाँ थपिँदै जाने बालबालिकालाई विद्यालय भर्ना गराउन सहयोग गर्ने गरी हस्ताक्षरसहितको प्रतिवद्धता समेत कार्यक्रममै लिइएको छ ।

कार्यक्रममा वडालाई सतप्रतिसत बालबालिका विद्यालय भर्ना गराउन भूमिका निर्वाह गर्ने वडाभित्रका सामुदायिक तथा निजी विद्यालय, दातृ निकाय र सहयोगी संस्थालाई प्रमाण–पत्रसहित सम्मान गरिएको छ । ईश्वरपुर १३ मा चारवटा सामुदायिक आधारभूत विद्यालय र तीनवटा निजी विद्यालय रहेका छन् ।