logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिपुर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न


  • उज्यालो अभियान

हरिपुर, १७ असार – सर्लाहीस्थित हरिपुर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

पालिकाबाट चालू आर्थिक वर्ष २०८१/०८२ मा भएगरेका कामकारबाहीको बारेमा नगरबासीहरुको भेला राखेर सोमबार दिउँसो पालिकास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो । यसअघि असार १ गते हरिपुर नगरपालिका-५ मुजुर्वामा वडास्तरीय सुनुवाई सम्पन्न गरेर सोमबार पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको सहजकर्ता संस्था साकार मिडिया सेन्टरका रामबाबु खड्काले जानकारी दिए ।

नगरपालिका कार्यालय परिसरमै आयोजित कार्यक्रममा पालिकाबासीहरुबाट राखिएको जिज्ञासा एवं गुनासोका बारेमा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पंजियार, प्रमुख प्रशासकीय अधिकृत वीनय पौडेल, विभिन्न शाखाका प्रमुखहरुले प्रश्ट्याएका थिए । आर्थिक वर्ष समाप्त हुनलाग्दा जिल्लास्थित पालिकाहरुले धमाधम सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहेका छन् ।