हरिपूर्वा , ०९ असार – सर्लाहीका विभिन्न पालिकाले आज आ–आफ्नो गाउँ तथा नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।
आज जिल्लाको हरिपुर नगरपालिका, हरिपूर्वा नगरपालिका, बसबरिया गाउँपालिका, चन्द्रनगर गाउँपालिकालगायतका पालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् । बाँकी पालिकाले भोली अन्तिम दिन असार १० गते नीति तथा कार्यक्रम पेश गर्ने छन् ।
यसअघि लालबन्दी नगरपािलका, बलरा नगरपालिका, कौडेना गाउँपालिका र चक्रघट्टा गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।