जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, २३ जेठ – सर्लाही सदरमुकाम मलंगवामा आज प्रहरीले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
प्रहरीले प्रदान गरिरहेको सेवा प्रवाहका सम्वन्धमा मलंगवा ३ स्थित नगरपालिका चोकमा नागरिक सुनुवाई कार्यक्रम गरिएको हो । सहभागीले सदरमुकाम मलंगवामा चोरीको घटना बढेको, बढ्दो लागुऔषधको दुव्र्यसनीलगायतको विषयमा प्रहरीको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालगायतले नागरिक सुनुवाईमा प्राप्त गुनासो सम्वोधन गर्दै शान्ति, सुरक्षा कायम गर्न सक्दो कोशिस गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।