logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

विपद् व्यवस्थापनमा जुट्ने निर्णय


  • उज्यालो अभियान

मलंगवा, २१ जेठ – जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको बैठक आज सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा बैठक बसेको हो । बैठकले सुरक्षा निकाय तथा सबै स्थानीय तह विपद् व्यवस्थापनको काममा जुट्ने, सबै निकायबिच समन्वय गर्ने, स्थानीय पालिकामा गठित विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने, सुरक्षा निकायलाई विपद्को बेला प्रयोग हुने सरसामग्री स्थानीय पालिकाहरुले उपलब्ध गराउने, विभिन्न खोला तथा नदीमा तटबन्ध कस्ने, राहतका सामग्री जुटाउनेलगायतका निर्णय भएका छन् ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रमुख, बाढी तथा डुबानको क्षेत्रमा काम गर्ने विभिन्न निकाय तथा संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

मौसमविद्ले यस वर्ष तुलनात्मक रूपमा धेरै वर्षा हुने र वर्षाका कारण केही ठाउँमा ठूलो जनधनको क्षति हुने अनुमान गरेका छन् ।