logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

ट्याक्टरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

शंकरपुर, २१ जेठ – सर्लाहीको बागमती नगरपालिका–८, सोल्टी विष्ट टोलमा गएसाँझ ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

साँझ पौने ७ बजेतिर ना. २ त २८७ नम्वरको ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँका सागर विष्टको छोरी चार वर्षीया प्रनिसा विष्टको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई दयन्ती अस्पताल नयाँरोडमा प्राथमिक उपचार गरी थप उपचारका लागि बयोधा अस्पताल वीरगन्ज पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार तीव्ररुपमा अनियन्त्रित हिसाबले आइरहेको ट्याक्टरले बालिकालाई बाटो काट्न खोज्दा ठक्कर दिएको हो ।

मृतक बालिकाको शव वीरगन्जमै रहेको प्रहरीले जनाएको छ ।