फूलजोर, २० जेठ – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका ५ फूलजोर चोकमा आज दिउँसो टिपरको ठक्करबाट एक जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।
रानिगन्जबाट पूर्वतर्फ गइरहेको ना. १ क ८५२० नम्वरको टिपरले बयलवासबाट फूलजोर चोकतर्फ निस्कँदै गरेको बीआर ०१ एफ जि ६९६१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत २५/३० वर्षका प्रहरी जवान मिनबहादुर दानी घाइते भएका हुन् । उनलाई उपचारका लागि मोडेल अस्पताल लालबन्दी ल्याइएको छ ।
टिपर र टिपर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
सर्लाहीमा अहिले टिपरको आतंक नै छ ।
केही दिनअघि बागमतीको मिलन चोकमा टिपरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए ।