प्रतिकात्मक तस्बीर ।
हजारबिघा, १८ जेठ – सर्लाहीको हरिपुर नगरपालिका–१, हजारबिघामा आगोले जलेर एक बालिकाको मृत्यु भएको छ ।
हरेराम महतोकी छोरी चार वर्षीया लक्ष्मीकुमारी महतोको आगोले जलेर मृत्यु भएको हो । जेठ १५ गते बिहान आफ्नै घरमा चुल्होमा कुँडो पकाइरहेका बेला बालिका खेल्नेक्रममा आगोमा परेकी थिइन् ।
आगोले कम्मर पछाडिपट्टीको भाग जलेर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा गएराति बर्न अस्पताल कीर्तिपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईले उज्यालो अभियानसँग बताए ।
बालिकालाई परिवारले बरहथवास्थित नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पुर्याएका थिए ।