हरिवन, १८ जेठ – सर्लाहीको लालबन्दी नगरपालिकास्थित पुर्नवासका सुरज पासवानले मिस्टर सर्लाहीको उपाधि जितेका छन् ।
पि. प्रोडक्सनको आयोजनामा हरिवनमा गए राति सम्पन्न ‘मिस्टर एण्ड मिस सर्लाही २०२५’ को ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुर्नवासका पासवान मिस्टर सर्लाही च्याम्पियन बनेका हुन् ।
यस्तै मिस सर्लाहीको उपाधि हरिवन सुखेपोखरीकी रस्ना मोक्तानले जितेकी छन् । मिस्टर लिटिल सर्लाही बरहथवाका आदित्य साह र मिस लिटिल सर्लाही हरिवनकी साइना बन्जाराले जितेको आयोजक पि. प्रोडक्सनका अंकित साहले जानकारी दिए ।
साहका अनुसार बिजेता चारै जनालाई जनही २५ हजार रुपियाँ नगदसहित गिफ्ट प्रदान गरिएको छ ।
हरिवनका नगर प्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा बिजेतालाई पुरस्कार वितरण गरिएको छ ।
प्रतियोगितामा १७ जनालाई ग्राण्ड फिनालेसम्म लगेर उपाधिका लागि प्रतिस्पर्धा गराइएको आयोजकले जनायो ।