लालबन्दी, १६ जेठ – सर्लाहीको लालबन्दीमा आजबाट तेश्रो लालबन्दी क्योकुसिन कान कराते खुल्ला राष्ट्रिय प्रतियोगिता शुरु भएको छ ।
लालबन्दी नगरपालिका ७ डुमडुमेस्थित कृषि विकास बैङ्कको चौरमा लालबन्दी नगरपािलकाको सहयोगमा नेपाल क्योकुसिन कान कराते सङ्घ सर्लाहीले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको आज बिहान सङ्घका जिल्ला सचिव शशी देवकोटाको अध्यक्षता, प्रदेशसभा सदस्य बेची लुङ्गेलीको प्रमुख आतिथ्यता एवं लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिएको छ ।
प्रतियोगितामा देशभरबाट १२० बढी खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीले एक थान साईकल प्राप्त गर्नेछन् भने अन्य खेलाडीहरुले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।