प्रतिकात्मक तस्बिर ।
बरहथवा, ११ जेठ – सर्लाहीको बसबरिया गाउँपालिका–६, मनटोलमा आज दिउँसो ट्याक्टरमा च्यापिएर एक वृद्धको ज्यान गएको छ ।
आफ्नै घरको आँगनमा माटो भर्ने काम गरिरहेको ज. १ त ९५६४ नम्वरको ट्याक्टरमा च्यापिएर ६५ वर्षीय अमिरी पासवानको ज्यान गएको हो । ट्याक्टरबाट माटो अनलोड गर्न ब्याक गर्नेक्रममा टेलारीको भाग र घरको भित्ताको बिचमा च्यापिएर पासवानको घटास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईले उज्यालो अभियानसँग बताए ।
मृतक पासवानको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।
ट्याक्टर चालक फरार रहेका छन् । उनको खोजी भइरहेको डिएसपी भट्टराईले जानकारी दिए ।