logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मुख्यमन्त्रीले भने-पालिकाले पैसा खाएर अवैध अस्पताल खुलाइदिए


  • उज्यालो अभियान

हजरिया, १० जेठ – मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आफूले बन्द गराएको अवैध निजी अस्पताल स्थानीय तहले खुलाइदिएको आरोप लगाएका छन् ।

सर्लाहीको बरहथवा नगरपालिका–१, नयाँ बजारमा आज जनमत पार्टीले आयोजना गरेको आम सभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने “मैले अनुुगमन गर्दा दर्ता नै नभएका र मापदण्ड विपरीतका अस्पताल बन्द गराएँ तर स्थानीय तहले धमाधम पैसा खाएर खुल्न दिइरहेका छन् ।” जनमत पार्टीको नेता समेत रहेका मुख्यमन्त्री सिंहले अन्य पार्टीसँग मिलेर संयुक्त सरकार संचालन गर्नुपर्दा आफूले भने अनुसार सरकार हाक्न नपाएको र अनेक अप्ठ्यारा झेल्नुुपरेको गुनासो पोखेका छन् ।

मुख्यमन्त्री सिंहले अब आगामी निर्वाचनमा आफ्नो पार्टीले ५० भन्दा बढी सङ्घीय सिट जितेर अध्यक्ष डा. सिके राउतलाई प्रधानमन्त्री बनाउने योजना रहेको बताएका छन् ।

मुख्यमन्त्री सिंहले पार्टीको कार्यक्रम सकेर आजै साँझ बरहथवा १ खर्साल घाटमा बागमती नदीको तटबन्ध निरीक्षण गरेका छन् ।