बयलवास, ०६ जेठ – ईश्वरपुरमा विद्यालय व्यवस्थापन र नेतृत्व सम्वन्धी ५ दिने तालिम सम्पन्न भएको छ ।
ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजना, ईश्वरपुर नगरपालिकाको समन्वय र सेभ द चिडे«नको सहयोगमा ईश्वरपुर ६ स्थित नारायण मावि केशरगन्जमा तालिम सम्पन्न भएको हो । तालिममा ईश्वरपुरभित्रका ३८ मध्ये ३६ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक सहभागी थिए ।
तालिमको ईश्वरपुर नगरपालिकाका शिक्षा अधिकारी दिनेश लुुइटेलको प्रमुख आतिथ्यतामा समापन गरिएको छ ।