कविलासी, ०४ जेठ – सर्लाहीको कविलासी नगरपालिकामा स्थानीय समन्वय र न्यायाका लागि उपमेयर कार्यक्रम प्रारम्भ गरिएको छ ।
नगरपालिकाको आयोजना तथा इम्प्याक्ट इनिसिएटिभ सर्लाहीको संयोजनामा हिजो कविलासी २ पिपरियाबाट कार्यक्रम संचालन गर्न सुरु गरिएको हो । कार्यक्रममा नगर उपप्रमुखको काम, कर्तव्य र अधिकारका विषयमा अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ मा उपप्रमुखको काम, कर्तव्य र अधिकार अन्तर्गत न्यायीक समितिको संयोजक रहने, नगर प्रमुखको अनुुपस्थितिमा उनको कार्यभार सम्हाल्ने, योजना तथा कार्यक्रमको अनुुगमन एवं सुपरीवेक्षण गर्ने, संघसंस्थाका क्रियाकलापको नियमन तथा समन्वय गर्नेलगायतका थुपै्र अधिकार रहेका छन् ।
ती अधिकारबारे नागरिकलाई पनि प्रष्ट पार्न र उनीहरुको धारणा बुुझ्न स्थानीय समन्वय र न्यायका लागि उपमेयर कार्यक्रम संचालन गरिएको उपप्रमुख कर्णले बताईन् । इम्प्याक्ट इनिसिएटिभ सर्लाहीका अध्यक्ष विकास यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले संविधाननत् महिलाले प्राप्त जिम्मेवारी स्वतन्त्रपूर्वक निर्वाह गर्न पाउनुुपर्नेमा जोड दिए ।
कार्यक्रममा सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, नगरका अन्य जनप्रतिनिधि, स्थानीय वासिन्दा लगायत सहभागी भएका इम्प्याक्ट इनिसिएटिभ सर्लाहीका उपाध्यक्ष बन्दना झाले जानकारी दिईन् ।