logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

रायले सम्हाले स्वास्थ्य कार्यालय प्रमुखको जिम्मेवारी


  • उज्यालो अभियान

मलंगवा, ०२ जेठ – स्वास्थ्य कार्यालय मलंगवा सर्लाहीको कार्यालय प्रमुखको रुपमा लालबाबु राय हाजिर भएका छन् ।

राय यसअघि पनि सोही कार्यालयमा तथ्याङ्क अधिकृत (आठौं तह) मा कार्यरत थिए । उनले अहिले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गरेका हुन् ।

कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गरेपछि कर्मचारीले हिजो उनलाई फूलमाला र अविर लगाएर स्वागत गरेका छन् ।

यसअघिका स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर झाको स्वास्थ्य निर्देशनालय सपही धनुुषामा सरुवा भएको छ ।