लालबन्दी, ३१ बैशाख – सर्लाहीमा आज यस वर्षकै सबैभन्दा धेरै गर्मी महशुस गरिएको छ ।
यहाँको अधिकतम तापक्रम आज ४२ डिग्री सेल्सीयस पुुग्यो । दिनभर टन्टलापुर घाम लागेर उखरमाउलो गर्मी हुँदा जनजीवन असाध्य प्रभावित बनेको छ ।
विशेष गरी अत्यावश्यक काम परेर यात्रा गर्नुपर्ने र बाहिर निस्किएर काम गर्नुपर्नेहरु बढी प्रभावित बनेका छन् । दिनभर टन्टलापुर घाम लागेर उखरमाउलो गर्मी भएको सर्लाहीमा अहिले साँझबाट भने हावा चलिरहेकाले सर्वसाधारणले थोरै भएपनि राहत महशुस गरिरहेका छन् ।
केही दिनदेखि दिन–रात असाध्य गर्मी र त्यसैमाथि लामखुुट्टे अत्याधिक लाग्दा सर्वसाधारण आजित बनिरहेका छन् ।