logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

वीपी राजमार्ग बन्दको असर : सिन्धुली पुुगेर फर्किए सर्लाहीबाट गएका गाडी


  • उज्यालो अभियान

लालबन्दी, ३० बैशाख – सर्लाहीबाट वीपी राजमार्ग हुँदै काठमाडौंका लागि छुटेका अधिकांश गाडी आज बिच बाटोबाटै फर्किएर आएका छन् ।

काभे्रको मंगलटार नजिक हिजो बेलुकादेखि खोलाको बाटो बगाउँदा आज दिउँसोसम्म राजमार्ग अवरुद्ध थियो । आज मध्यान्हसम्म पनि बाटो नखुलेपछि बिहान यहाँबाट यात्रु बोकेर गएका अधिकांश गाडी फर्किएर आएका हुन् ।

अधिकांशजसो गाडी सिन्धुलीबाटै फर्किएर आएका छन् । केही गाडीले हेटौंडातर्फबाट यात्रु लिएर गएका छन् । कतिपयले भने यात्रुलाई घरमा ल्याएर छाडिदिएका छन् । यहाँबाट गएका केही गाडी दिउँसो रोशीमा बाटो सूचारु भएसँगै काठमाडौंतर्फ लागेका बताइएको छ ।

अत्यावश्यक काम परेर संघीय राजधानी हिँडेका कतिपय यात्रु बाटो बन्द भएर घर फर्किनुपर्दा मारमा परेका छन् । घण्टौँ लगाएर सिन्धुलीसम्म पुुगेर अलपत्र भई घर फर्किनुपरेका यात्रुलाई झनै मार परेको हो । वीपी राजमार्गमा यातायात संचालन गर्ने व्यवसायी तथा चालकेल सानो पानीमै वीपी हाईवे बन्द हुने अवस्था आएको भन्दै अब लगातार ठूलो पानी पर्दा कयौं दिनसम्म गाडी चल्न नसक्ने अवस्था आउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

गएको वर्ष असोजको ठूलो पानीपछि क्षतिविक्षत भएको वीपी राजमार्गमा त्यसपछि गाडी चल्दा पनि रोशी खोलैखोलाको यात्रा असाध्य कष्टपूर्ण हुने गरेको यात्रुले गुनासो गरेका छन् ।

यसैबिच, बीपी राजमार्ग १५ घन्टापछि सञ्चालनमा आएको छ । बाढीले अवरुद्ध बनेको बीपी राजमार्ग अन्र्तगत रोशी गाउँपालिका–११ स्थित माम्तीमा बाढीले डाइार्भसन बगाउँदा सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार डाइभर्सन बनाएर मोटरसाइकल लगायतका साना गाडी सञ्चालनमा आइसकेका छन् भने ठूला सवारीलाई पनि बिस्तारै पठाउन थालिएको छ ।

सोमबार राति ९ बजेदेखि माम्तीमा बाढीले डाइार्भसन बगाएपछि सडक अवरुद्ध भएको थियो ।काठमाडौंबाट पूर्व जाने सवारीलाई भकुन्डेमा र पूर्वबाट काठमाडौंतर्फ आउने सवारी साधनलाई सिन्धुलीमा होल्ड गरिएको थियो ।