logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

प्रथम प्रधानमन्त्री भिमशेन थापाको सालिक निर्माण


  • उज्यालो अभियान

बागमती, २९ बैशाख सर्लाहीको बागमती नगरपालिका–२, धरहरामा नेपालका प्रथम प्रधानमन्त्री एवं राष्ट्रिय विभूति भिमशेन थापाको शालिक निर्माण गरिएको छ ।

बगाले थापा सेवा समाज सर्लाहीले राष्ट्रिय विभूति थापाको पूर्णकदको शालिक निर्माण गरेको हो । शालिकको आज निवर्तमान रक्षामन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेतीले अनावरण गरेका हुन् ।

बाराको कलैया निवासी रवीन थापाले प्रदान गरेका ६ लाख रुपियाँ र बन्धुहरुबाट सङ्कलन गरिएको रकमबाट देशका पहिलो प्रधानमन्त्री एवं राष्ट्रिय विभूति थापाको शालिक निर्माण गरिएको बगाले थापा सेवा समाज सर्लाहीका सल्लाहकार देविबन्धु थापाले जानकारी दिए । उनका अनुसार वुद्ध जयन्ति एवं चण्डी पूर्णिमाको अवसर पारेर नवनिर्मित शालिकको अनावरण गरिएको हो ।

बन्धुहरुको कूल पूजास्थलमा शालिक निर्माण गरिएको बगाले थापा सेवा समाज सर्लाहीका अध्यक्ष रामहरि थापाले बताए ।