झडप प्रतिकात्मक तस्बिर ।
बलरा, २६ बैशाख – सर्लाहीको बलरा नगरपालिका १० सुदामा गाउँमा आज दिउँसो दुुई पक्षबिच झडप हुँदा १३ जना घाइते भएका छन् ।
पुरानो विवादमा दुुई पक्षबिच विवाद हुँदा दुवै पक्षका गरी १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिए । डिएसपी राईका अनुसार घाइते सबैको प्रादेशिक अस्पताल मलंगवामा उपचार जारी छ ।
घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ भने स्थिति सामान्य बनेको छ । घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको डिएसपी राईले बताएका छन् ।