logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चन्द्रनगरमा ११ महिलासहित ६० जनाले गरे रक्तदान


  • उज्यालो अभियान

नाढीमन, २५ बैशाख – सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालमा आज ६० जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा चन्द्रनगरले आयोजना गरेको कार्यक्रममा ११ जना महिलासहित ६० जनाले रक्तदान गरेका हुन् । जिल्लाको ग्रामीण भेगमा पहिलो पटक आयोजना गरिएको यस प्रकारको रक्तदान कार्यक्रममा उल्लेख्य मानिस सहभागी भएर रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी शाखा सर्लाहीको रक्त संचार केन्द्र मलंगवासँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा चन्द्रनगरका सभापति सरोजकुमार सिंहले जानकारी दिए ।

सभापति सिंहकै अध्यक्षता, गाउँपालिका अध्यक्ष राजकुमार महतोको प्रमुख आतिथ्यता र जिल्ला रेडक्रसका उपसभापति सेख सहदुल्लाको विशिष्ट आतिथ्यतामा प्रचण्डगर्मीका बिच रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।