logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

प्रिसाको ओडिसामै अन्त्येष्टि


  • उज्यालो अभियान

कविलासी, २४ बैशाख – भारतको ओडिसास्थित कलेजमा मृत फेला परेकी सर्लाहीको कविलासी निवासी प्रिसा साहको ओडिसामै अन्त्येष्टि गरिएको छ ।

कविलासी नगरपालिका–८, कविलासी चोक निवासी श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रिसा बैशाख १८ गते बेलुका कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) ओडिसामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् । त्यहाँदेखि घरसम्म शव ल्याउँदा टाढा पर्ने भएपछि उहाँको बुवा श्यामप्रसाद, आमा पिङ्की र भाइ गौरवकुमार प्रिसाको शव ओडिसामै अन्त्येष्टि गरेर कविलासीस्थित घर फर्किएका हुन् ।

प्रिसाका आफन्त भरत साहले श्वास नली थिचिएर प्रिसाको मृत्यु भएको भनी ओडिसाको अस्पतालले पोष्टमार्टम रिपोर्ट प्रदान गरे पनि प्रहरी, अस्पताल र कलेजले मृत्युको एकिन कारण दिनै नसकेको बताए । बैशाख १८ गते बेलुुका प्रिसाको मृत्यु भएको खबर पाएपछि बुवा, आमा, भाई र आफन्त बैशाख १९ गते नै ओडिसीस्थित कलेजतर्फ प्रस्थान गरेका थिए ।

मृतक प्रिसाका ठुलोबुवा कमलदेव प्रसाद साहका अनुसार प्रिसा ओडिसाको उक्त कलेजमा कम्प्युटर साइन्स विषयमा सेकेन्ड सेमेस्टरमा अध्ययनरत थिईन् ।