घुर्कौली, बैशाख १६ – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा वडा कार्यालयले अतिविपन्न २० घर दलित परिवारलाई पङ्खा वितरण गरेको छ ।
विपन्न दलित प्रोत्साहन कार्यक्रम अन्तर्गत वडाभित्रका अतिविपन्न २० परिवारलाई छनौट गरेर एक÷एक थान स्ट्याण्ड पङ्खा वितरण गरिएको वडाध्यक्ष नागेन्द्रकुमार साहले बताएका छन् । आज वडा कार्यालय परिसरमा वडाध्यक्ष साह, अन्य जनप्रतिनिधि र घुर्कौलीका अगुवा भएर अतिविपन्न दलित परिवारलाई पङ्खा हस्तान्तरण गरेका हुन् ।
आयस्रोत न्यून रहेका दलित परिवारलाई चर्को गर्मीको समयमा थोरै भए पनि राहत प्रदानहोस् भन्ने उद्देश्यले पङ्खा उपलब्ध गराइएको वडाध्यक्ष साहले बताए
वडाले दलित प्रोत्साहन कार्यक्रम अन्तर्गत हरेक वर्ष फरक–फरक कार्यक्रम गर्दै आएकोमा यो वर्ष पङ्खा वितरण गरेको वडाध्यक्ष साहले उज्यालो अभियानसँग बताएका छन् ।