logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा सामान्य वर्षा, गर्मी घट्दा राहत


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा, १५ बैशाख – मौसममा आएको बदलीपछि गर्मी उल्लेख्यरुपमा घट्दा सर्लाहीका स्थानीयले राहत महशुस गरेका छन् ।

एक सातादेखि चर्को घाम र तातो हावाबाट प्रभावित बनिरहेका स्थानीयले हिजो बेलुकादेखि तापक्रम घटेपछि शित्तलताको महशुस गरेका हुन् । सर्लाहीमा गएसाँझ हावाहुरी र मेघगर्जनसहित हल्का वर्षा भएको थियो ।

आज पनि पानी पर्ला जस्तो भई मौसम धाम्मधुम्म भइरहेको छ । गर्मी कम हुँदा यात्रु, मजदुर, किसान, विद्यार्थीलगायतलाई सहज भएको छ । सामान्य वर्षा भएपछि तत्काललाई धुलो, धुँवाको प्रदुुषण समेत घटेको छ ।

हावाहुरी र खराब मौसमका कारण हिजो बेलुकादेखि जिल्लाको ग्रामीण भेगमा बिजुली बत्ती अनियमित भइरहेको स्थानीयले गुनासो गरेका छन् ।

सर्लाहीको उत्तरी चुरेवर्ती क्षेत्रका किसान पर्याप्त आकाशे वर्षाको प्रतिक्षामा बसेका छन् । मध्य बैशाख भइसकेकाले अब एक झर जमिन भिज्ने गरी वर्षा हुनासाथ चुरेभेगका किसानले मकै छर्ने तयारी गरेका छन् ।

दक्षिणी बेल्टमा पनि मकै, चैते धान र उखु लगाएका किसान आकाशे वर्षाको प्रतिक्षामा रहेका छन् । यहाँका किसानले गहुँ बाली लगभग भित्र्याएर सकिसकेका छन् ।