logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मेयर कप : वडा नम्बर १ लाई उपाधि


  • उज्यालो अभियान

Cricket ball resting on a cricket bat on green grass of cricket pitch

बलरा, १५ बैशाख – सर्लाहीको बलरामा आयोजित मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. १ ले हात पारेको छ ।

बलरा नगरपालिका ८ स्थित जनता नमूना माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा वडा नं. ८ लाई ११ रनले पराजित गर्दै वडा नं. १ च्याम्पियन बनेको हो । टस जितेर ब्याटिङ रोजेको वडा नं. १ ले १८.२ ओभरमा अलआउट हुँदै ७५ रन मात्रै बनाउन सक्यो । ७६ रनको झिनो लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको वडा नं. ८ १५.५ ओभरमा अलआउट हुँदै ६५ रनमै समेटियो ।

स्थानीयस्तरका युवा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित १९ वर्षमुनिका युवालाई समावेश गरेर मेयर कप क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहाले जानकारी दिए ।