फाइल तस्बीर ।
लालबन्दी, १४ बैशाख – सर्लाहीमा आज अपरान्हबाट मौसम बदली भएर तापक्रम निकै कम हुँदा जनजीवन सहज बनेको छ ।
चर्को घाम र तातो हावाले निरन्तर प्रभावित बनिरहेको जनजीवन आज अपरान्हबाट भने सामान्य बनेको हो । यहाँ आज अपरान्हदेखि मौसम धुम्मिएर चिसो हावा बहिरहेको छ ।
जिल्लाको सबैजसो भेगमा मौसम धुम्मिएर पानी पर्लाजस्तो भएको स्थानीयले जानकारी दिएका छन् ।