जुटपानी, १४ बैशाख – लालबन्दी नगरपालिका २ का वडाध्यक्ष किरणकुमार पासवानले आज मातातीर्थ औँसीको अवसर पारेर आफ्नै वडाको जुटपानीमा रहेको आश्रममा वृद्धाहरुलाई सम्मान गरेका छन् ।
उनले आश्रममा आश्रीत तथा छेउछाउका वृद्धा आमाहरुलाई दोसल्ला ओढाएर मिष्ठान भोजन गराई सम्मान गरेका हुन् । वडाध्यक्ष पासवानले आफ्नो व्यक्तिगत खर्चबाट वृद्धा आमाहरुलाई सम्मान गरेका आश्रमकी संरक्षक भवानी कोइरालाले जानकारी दिईन् ।
मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसर पारेर आज अन्य मनकारी व्यक्तिले पनि आश्रममा भोजन तथा मिष्ठान्न भोजनका लागि सहयोग गरेका संरक्षक बासुदेवशरण कोइरालाले बताएका छन् ।