मलंगवा, १२ बैशाख – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोकतान्त्रिक पत्रकार संघ सर्लाहीको संयोजकमा राजिवकुमार साह कानु मनोनित भएका छन् ।
केन्द्रीय अध्यक्ष कामरेन्द्र बर्माले साहलाई आज जिल्ला संयोजकमा मनोनित गरेका हुन् ।
चन्द्रनगर गाउँपालिका–१, लघुवा निवासी साह मलंगवास्थित ‘मेरो सान’ टिभीमा कार्यरत रहेका छन् ।